ब्राण्डेड रक्सीको नाममा नक्कली उत्पादन र बिक्री गर्ने गिरोह पक्राउ

फाइलफोटो

काठमाडौं, १५ माघ । नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

दोलखा कालिन्चोक गाउँपालिका ३ का स्थायी बासिन्दा निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का स्थायी बासिन्दा २६वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका २ का स्थायी बासिन्दा २६ वर्षीय गणेश बहादुर रानामगरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको नाममा उनीहरूले नक्कली मदिरा बिक्री गर्दै आएको तथ्य अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here