राहदानी बनाउन अब एक महिनाको अग्रिम आवेदन दिन सकिने

काठमाडौं, १६ माघ । राहदानी बनाउन अब एक महिना अगाडीको अग्रिम आवेदन दिन सकिने भएको छ । राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि–इनरोलमेन्ट) कार्यान्वयनमा ल्याएको छ ।

विभागका अनुसार आजबाट दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुँदैछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था थियो ।

अब एक महिनाको गरिनेछ । दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ ।

विभागका अनुसार आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि(इनरोलमेन्ट गराउने छन् ।

विभागले काठमाण्डौ नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here