हिरासतकक्ष तोडेर भागे ६ थुनुवा

धनुषा, १६ माघ । धनुषाबाट ६ जना थुनुवा भागेका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष तोडेर गतराती ६ जना थुनुवा भागेको प्रहरीले जनाएको छ।

राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल तोडेर फरार भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जनाएका छन् । भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए।

सुतिरहेको ठाउँबाट उनीहरु भागेको अर्को थुनुवाले थाहा पाएपछि मात्र प्रहरीले पत्ता पाएको बताइएको छ । फरार थुनुवाको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । नेपालमा यस्तो घटना बिरलै हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here