सीतापाइलामा बस र सुमो ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजेतिर सितापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो र कलंकीबाट सितापाइलातर्फ जाँदै गरेको बा २ ख ८३६८ नम्बरको मिनीबस आपसमा ठोक्किँएका थिए।

रसुवा गोसाइकुण्ड-६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना सामान्य घाइते र २ जना गम्भीर घाइते भएका थिए।

दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here