उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १६ माघ । शेयर बजार उच्च अंकले घटेको

। साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५६ कम्पनीको ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ ।

घट्दो बजारमा २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज कारोबारको आधारमा सबैभन्दा बढी सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको १० करोड ४८ लाख र पिपल्स हाइडोपावर ९ करोड ५६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here