‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम…’ बोलको लोक लयमा आधारित गीत सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्काको डुम्का देखिनेछ। चलचित्र फागुन १९ गते रिलिज हुँदै छ । कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति रहेको चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, निमेश श्रेष्ठको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here