अर्जेन्टिनी फुटबलर मेस्सीकाे इन्स्टाग्राम ब्लक

एजेन्सी अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले आफ्नो इन्स्टाग्राम ब्लक भएको बताएका छन्। स्पेनिस रेडियाे उर्वाना प्लेसँग दिएकाे अन्तरवार्तामा भनेका छन् -‘विश्वकप जितेपछि मेरो इन्स्टाग्राममा करोडौं फ्यानकाे म्यासेज आएपछि इन्स्टाग्रामले मलाई केही दिनको लागि ब्लक गरेछ।’ विश्वकपपछि याे पहिलाे अन्तरवार्ता हाे।

३५ वर्षपछि अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएकाे विश्वकप जितेको हो। फाइनल खेलमा उसले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। अर्जेन्टिनाले मेस्सी जन्मनुभन्दा एक वर्षअघि विश्वकप जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here