आइएमएफको अनुमान : विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत

१७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको हो ।

यसअघि ३.४ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो । यो अनुमान रुस–युक्रेन युद्धको प्रभावका कारण असफल भएको छ । विश्व बैंकले भने १.७ प्रतिशतले मात्र विश्वको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।

आइएमएफका अनुसार सन् २०२४ मा भने ३.४ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान छ । नेपालको छिमेकी मुलुक भारतसहित दक्षिण एसियामा यस वर्ष त्यति ठूलो जोखिम धेखाइएको छैन । भारतले ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

यो संतोषजनक अवस्था हो । पुरै एसियामा भने ५.३ प्रतिशतको वृद्धिदर प्राप्त हुने छ । यसमा चीनले अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । किनकी उसले कोभिडपछिका प्रतिवन्धहरु खुला गरेको छ । चीनले यस वर्ष ५.२ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here