रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १७ माघ । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ वटा बढेको छ भने अन्य सबैको घटेको छ ।

घट्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको रिडी पावरको १९ करोड २० लाख , लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख र गुराँस लाइभ इन्स्योरेन्सको ७ करोड ६७ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here