दैनिक उपभोग्य सामानको महँगी बढेको बढ्यै, जीविको पार्जनमा समस्या थपिँदो

काठमाडौं । खानामा प्रयोग हुने चामलसँगै खाजाको रूपमा सबैभन्दा बढी प्रयोग हुने मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ ।

नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्यांक अनुसार पछिल्लो चार महिनायता बजारमा आँटा प्रतिकेजी २५ , मैदा प्रतिकेजी २०,चामल प्रतिकेजी १० रुपैयाँदेखि १८ सम्म बढेको छ ।

ठूला व्यापारीहरूले भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । मैदाजन्य उद्योगहरू भने बजारमा मैदाको अभाव खेप्नु परेकाले व्यवसाय नै धरासायी हुन लागेको गुनासो गर्छन्।

नेपाल भित्रको गहुँ उत्पादन कम छ। जसले भारतमै निर्भर पर्नु परेको छ। तर, गहुँ तथा मैदाको आयात कोटामा हुने भएकाले प्रतिबन्ध छ।

भारत सरकारले गत पुस पहिलो साता नेपालमा कोटाको आधारमा ५० हजार मेट्रिक टनसम्मको गहुँ निर्यात गर्ने घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here