फेरि उकालो लाग्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तीन दिनपछि थोरै बढेको छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here