क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ‘बी’ मा परे ज्ञानेन्द्र मल्ल,कुशल भुर्तेल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले तीन ग्रेडमा गरी १८ पुरुष र १२ जना महिला खेलाडीलाई वार्षिक करार सम्झौतामा राख्ने निर्णय गरेको हो ।

पुरुषतर्फ ग्रेड ए मा रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख हुनेछन्। ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

यस्तै महिलातर्फ, ए ग्रेडमा रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन्। त्यसबाहेक बी ग्रेडमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र ग्रेड सीमा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी वेगम छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here