बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

फाइल तस्विर

काठमाडौ। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म बन्द हुने भएको छ ।

सडक फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागेको हो । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here