काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.०१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ भाउ बढेर आएको निगमले जनाएको छ ।
त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ र मट्टीतेलमा ४.६१ रुपैयाँ बढेर आएको छ । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।