हिमानीसँगै फिल्म हेर्न पुगिन् पूर्व रानी कोमल शाह

काठमाडौं । पूर्व रानी कोमल शाह,पूर्व युवराज्ञी हिमानी शाह र पूर्व राजपरिवारका सदस्यहरु दरबारमार्गस्थित क्यूएफएक्सको ‘दरबार सिनेम्याक्स’ हल पुगेर शाहरुख खानको फिल्म ‘पठान’ हेरेका छन् ।

कोमल र हिमानीसहित पूर्व राजपरिवारले फिल्म हेर्न आएको फोटो क्युएफएक्सले फेसबुकमा सार्वजनिक गरेको छ।

शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ ले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ। गत बुधवार रिलिज भएको फिल्मले एकसातामा विश्वभर ६४० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here