१० प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि ७ दिने संघर्षको कार्यक्रम घोषणा

काठमाडौं । केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिले होटल, रेष्टुरेण्टले १० प्रतिशत सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै ७ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ।

बुधवार संघर्ष समितिले काठमाडौंमा विरोध सभा गर्दै होटल तथा रेष्टुरेण्टमा काम गर्ने ट्रेड युनियनहरुले १० प्रतिशत सेवा शुल्क बिरुद्धमा पुनःस्थापनाका लागि चरणवद्ध रुपमा ७ दिने संघर्षको आन्दोलन घोषणा गरेको हो ।

ट्रेड युनियन संघर्ष समितिले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरुले खाइपाइ रहेको सेवासुविधा कटौती भएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

कर्मचारीहरुले खाइपाइ रहेको सेवासुविधा कटौती भएको भन्दै माघ २७ गतेदेखि सबै होटलको बुकिङ बन्द गर्ने र क्षेत्र अनुकूल विरोध सभा गर्ने र फागुन २ गते महासंघको सहभागितामा खुला विरोध सभा गर्ने र फागुन ७ गतेबाट पर्यटन क्षेत्रमा अनिश्चितकालीन हडताल गर्ने कार्यक्रम सर्वजनिक गरेका छन् । गत बुधवार सर्वोच्च अदालतले होटल, रेष्टुरेण्टले सेवा शुल्कको नाममा १० प्रतिशत थप रकम लिन नपाउने फैसला गरेको थियो।

आन्दोलनमा नेपाल पर्यटन तथा होटल संवद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल तथा क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट संघ नेपालको समेत साथ रहेको छ । गत बुधवार सर्वोच्च अदालतले होटल, रेष्टुरेण्टले ग्राहकसँग लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेसँगै होटल मजदुरहरु आक्रोशित बनेका छन् ।

होटल, लज, मोटल, रेष्टुरेण्ट, फुडकोर्ट, खाजा तथा नास्ता पसलले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।

त्यस्तो सेवाशुल्क बापत उठ्ने रकमको ७१ प्रतिशत दामासाही रुपमा श्रमिकहरुलाई बाँड्ने गरिएको थियो भने ब्रकेज र अपरेशनल लिकेज व्यवस्थापनका लागि २४ प्रतिशत रोजगारदातालाई राख्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here