काठमाडौं महानगरको अभियानमा अर्को धक्का, टुकुचा उत्खनन नगर्ने अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई टुकुचा उत्खनन् अभियान रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु महेश पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले उक्त आदेश दिएको हो।

हात्तिसार क्षेत्रका २१ घरधनीले जग्गामा डोजर चलाउन लागेको भन्दै रिट दायर गरेका थिए ।

यसअघि पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो। राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको विभागले ठहर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here