कम धितोमा बढी ऋण दिने कामना सेवा विकास बैंकका सीइओसहित चार पक्राउ

काठमाडौं । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।

विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी पक्राउ परेका हुन् । उनीहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

उनीहरुको मिलेमतोमा बैंकबाट ३२ करोड रुपैयाँ कर्जा अपचलन भएको बताइएको छ । नेपाल राष्ट्र बैंकले ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएपछि मात्र झापाको इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका अन्य तीनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here