क्यानेडियन नागरिक ९ केजी सुनसहित विमानस्थलबाट पक्राउ

फाइलफोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्।

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मार्फत गएराती १२ बजे काठमाडौं आइपुगेका यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनले कम्मरमा फल्स बटन बनाएर ८ वटा गोल्ड बिस्कुट नेपाल भित्र्याउन खाेजेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here