कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नजिता

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बिहीवार बिहान आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँड गरेको हो ।

माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकबाट कुल १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल ८९ हजार ६ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री नबिल इन्भेष्टमेन्ट वेबसाइट र कालिञ्चोक दर्शन लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here