को हुन् रवि लामिछानेले भनेका ‘अभिमन्यु ?

‘अभिमन्यु’ अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ‘ब्युह’को प्रयोग भएको थियो जसमध्येको एक ‘चक्रब्युह’ गुरु द्रोणाचार्यले निर्माण गरेका थिए ।

चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदा नै सुनेका थिए ।

अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निदाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने भन्ने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो । एक्लो अभिमन्युसँग सात जना नामी सारथीहरु लडे जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए ।

नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो । अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए ।

‘किन रोकिएको ?’ भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भने- ‘कर्ण अहिले रथको खुट्टानिर छन्, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु । रथ बाहिर भएको योद्धासँग लड्नु युद्धको नियम बिपरित हो ।’ अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो- ‘के अभिमन्युलाई मार्ने बेलामा यिनिहरुले युद्धको नियम पालना गरेका थिए ?’

त्यसपछि अर्जुनले कर्ण र अन्य धेरैमाथि बाण चलाए…पाप र धर्मको युद्ध महाभारतमा पाण्डवहरुको जित भयो ।

आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here