ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, वार्षिक ब्याजदर ११.२५ प्रतिशत

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको हो।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।

बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११.२५५ ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो ।

ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा फागुन १४ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिन्छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ।

उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ प्रदान गरेको छ। उक्त रेटिङले न्यून कर्जा जोखिम रहेको जनाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here