बजार नपाएपछि किसानले सडकमै फाले तरकारी

काठमाडौं । नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि भारतीय तरकारी बिना नेपाली बजार चल्ने अवस्थामा पुगेको छैन।

नेपालमा बिक्ने फलफूल त झन्डै शतप्रतिशत नै नेपाल बाहिरको हुने गरेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश फलफूल र तरकारी नेपाली बजार ओगटेको छ ।

भारतबाट निर्वाध र कम मूल्यमा कम गुणस्तरीय तरकारी भित्रिएकाले नेपाली किसानलाई समस्या परिरहेको छ । भारतीय तरकारीका कारण नेपाली बजार विस्थापित भएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका छन्।

विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर आन्दोलन गरेका हुन्। भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here