मोबाइल हराउँदा प्रहरी कार्यालय धाउनु बाध्यताको अन्त्य

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने भएको छ ।

प्राधिकरणले सञ्चालन गरिरहेको ईआईआर प्रणालीमा नयाँ सुविधा थप गरेसँगै हराएको मोबाइल सम्बन्धी अनलाइन आवेदन पर्नासाथ त्यसको जानकारी प्रहरीलाई पुग्नेछ ।

यो सुविधा चाँडै लागू हुनेछ । यसअघि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि मात्रै प्राधिकरणाको ईआईआर प्रणालीमा आवेदन दिन मिल्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here