मधेस प्रदेशमा जसपाले माओवादीसँग लियो बदला, थपिए ६ मन्त्री र ३ राज्यमन्त्री

काठमाडौ। मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र बाहिरै बसेको छ । माओवादीले दुई मन्त्रालय मागेको थियो ।

तर मुख्यमन्त्री सरोजकुमार यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादी सहभागि भएन् । प्रधानमन्त्री प्रचण्डले जसपालाई केन्द्रमा रोजेको मन्त्रालय नदिएपछि प्रदेशमा जसपाले माओवादीसँग बदला लिएको देखिएको छ ।

केन्द्रमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । यादवले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास मन्त्री, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्रीयादवले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास मन्त्री, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्री, सिंगासन सा कलवार खानेपानी तथा उर्जा विकास मन्त्री, राजकुमार लेखी कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री र मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

सिंगासन सा कलवार खानेपानी तथा उर्जा विकास मन्त्री, राजकुमार लेखी कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री र मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । ६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई सामेल गर्दै मुख्यमन्त्रीसहित १० मन्त्री र तीन राज्यमन्त्री पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here