काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्राहकले १०० एमबीपीएस इण्टरनेट गतिको प्याकेज खरिद गरेको छ भने ‘पिक आवर’को समयमा कम्तीमा २५ एमबीपीएस गतिको दिर्नैपर्ने नियम ल्याएको छ ।
बोर्डले ‘दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३’ परिमार्जन गर्दै अत्याधिक खपत हुने समयमा पनि कम्तीमा २५ प्रतिशत गति वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था गरेको हो ।
नेटमा उच्च ट्राफिक हुँदा सेवाप्रदायकको नेटवर्क नचल्ने वा तोकिएको स्पिडमा दिन नसकेको गुनासो आइरहेको बेला बैठकले यस्तो निर्णय गरेको हो ।