साफ यू-२० महिला च्याम्पियनसिप: पहिलो खेलमै नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । बंगलादेशको सिपाही मुस्तफा कमल रंगशालामा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो । नेपालकी मनमाया दमाईले एक गोल फर्काइन् । खेलको दोस्रो मिनेटमा नै खातुनको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । १३ औँ मिनेटमा सामसुनहरले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् ।

२४ औँ मिनेटमा मनमायाले गोल गर्दै अग्रतालाई २-१ मा झारेकी थिइन् । तर इन्जुरी समयमा रिपाले गोल गरेपछि बंगलादेशले ३-१ को जित पक्का गर्‍यो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ । राउन्ड रोबिन पद्धतिमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here