प्रतितोला दुई हजार घट्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य गत शुक्रवारको भन्दा प्रतितोला २ हजारले घट्दै आज १ लाख ४ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै शुक्रवार १ लाख ५ हजार ६०० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य घटेर तोलाको १ लाख ३ हजार ६०० पुगेको छ ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रवार १३ सय ६५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज आइतबार ४५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here