रविको आक्रोश-‘मिडिया मालिक र सम्पादक देश चलाउने भए चुनाव लड्न आउनूस’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई देश चलाउने भए चुनाव लड्न आउन चुनौती दिएका छन् ।

लामिछानेले देश मिडियाले चलाउने होइन भन्दै मिडिया मालिक र सम्पादकहरुलाई चुनाव लड्न आउनसमेत चुनौति दिए। आफूलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को आरोप लगाएर मिडिया मालिकहरुले दिनहुँ खेदेको आरोप लगाए।

‘एकजना मान्छेका लागि यति धेरै प्रहार? मैले आफैँले म गृहमन्त्री जाने भनेर कही कतै भनिएको, लेखिएको छ? पाटीको भागमा परेको गृहमन्त्रालय पार्टीको निर्णय हुन्छ। हामीले बोलेको त्याे हो।

केही ठूला मिडियाका सञ्चालक र सम्पादकहरुको नाम लिँदै सभापति लामिछानेले चितवन–२ मा आफूसँग चुनाव लड्ने देखाउन चुनौती दिए।

‘नेपालको मिडियालाई रिजाएर मात्रै पावर गेन गर्ने? मिडियाले चाहे मात्र चलाउने? देश चलाउने हो भने चुनाव लड्न आउनूस्। चितवन २ मा मसँग चुनाव लड्न आउनूस्। कैलास सिहोरिया, रामेश्वर थापा, अमित ढकाल, शिव गाउँले आउने होकि को–को आउने हो आउनूस।

रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभइ आफू कुनै पदमा नजाने बताएका छन्। आफूले प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार मन्त्रालयमा सहमति जनाएको भन्दै मिडियामा आएका समाचार सत्य नभएको भन्दै उनले आफू त्यसरी कुनै पदमा नजाने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here