दोधारा चाँदनी ईलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास

दोधारा । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिलन्यास गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको आज बिधिवतरुपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरीले बिधिवतरुपमा शिल्यान्यास गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

बिगत लामो समय देखि पुरानो भवनमा कार्यालय संचालन हुदै आएको ईलाका प्रहरी कार्यालयले नयाँ भवन निमार्ण कार्यमा जुटेको छ् । केन्द्रिय योजना अनुरुप ढाई तले आधुनिक भवन निमार्ण हुन लागेको बताईएको छ् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम सिंह चौधरीले प्रहरी जनताको सुरक्षाको साथी भएको बताएका छन् ।

उनले जनताको सुरक्षाको लागी कसै संग सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । झण्डै रु. ४ करोड ५३ लाखको लागतमा सुविधायुक्त भवन निमार्ण गर्न लागिएको बताईएको प्रहरीले बताएको छ् । धनगडी स्थित रहेको एक निमार्ण कम्पनीले ११ महिनामा निमार्ण कार्य पुरा गर्ने गरि सम्झौता गरिएको हो ।

दोधारा चाँदनी नगर क्षेत्रको सुरक्षालाई मध्यनजर राख्दै प्रहरीको सेवालाई प्रभावकारी बनाउन आधुनिक प्रहरी भवन निमार्ण गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी एसपी श्याम सिंह चौधरीले बताएका छन् ।

शिल्यान्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी एसपी श्याम सिंह चौधरी, दोधारा चाँदनी– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, बरिष्ठ सई मेहन्द्र सिंह थापा लगाएत प्रहरीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here