सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नजिता

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा सोमवार विहान आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले आइपीओ पाएका छन्।

उक्त आइपीओमा १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकोमा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको बाँडफाँड गरिसकेको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, धितोपत्र विक्री प्रबन्धक सानिमा क्यापिटल वेबसाइट र सुपर मादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here