गोल्डेन एथलेटिक्स मिट: सन्तोषी श्रेष्ठलाई ५ हजार मिटर दौडमा स्वर्ण

काठमाडौं । गोल्डेन एथलेटिक्स मिट पाँच हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ५ हजार मिटर दौडमा नेपाल पुलिस क्लबकी राममाया बुढालाई उछिन्दै सन्तोषीले स्वर्ण जितिन् ।

सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।

सन्तोषीभन्दा पछि पर्दै रजतमा चित्त बुझाएकी बुढाले १८ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरिन् । पुलिस क्लबकै रेखा बिष्टले १८ मिनेट ४५.७ सेकेन्डको समय निकाल्दै कांस्य पदक जितिन् । सन्तोषीले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here