झिनो अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब ४७ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५९ कम्पनीको १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । आइतवार १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ५ वटाको राताम्मे भएको छन् भने अरु बढेको छ ।

झिनो अंकले बढेको बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here