प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो । रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू शिक्षामन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमाका कार्कीले पदबाट राजीनामा दिएका थिए ।

रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए। रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ। यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here