डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले सोमबार राती १२ बजेदेखि लागूहुने गरि डिजेल पेट्रोल र मट्टितेलमा लिटरको ३ रूपैयाँका दरले मूल्य बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार डिजेल, मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ, पेट्रोल १७८ रुपैयाँ पुगेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here