‘भ्यालेन्टाईन वीक’ शुरु, कुन डे मा के गर्ने ?

काठमाडौं । प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो भ्यालेन्टाईन । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।

प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग उत्पन्न गराउने गरेको छ ।

कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस ।

हरेक वर्ष फेब्रुअरी ७ तारिखबाट फेब्रुअरी १४ तारिखसम्म ‘भ्यालेन्टाईन वीक’ वा प्रणय दिवसको रुपमा मानाइन्छ । हरेक प्रेममिल जोडीको लागि यो सात दिन निकै महत्वपूर्ण मानिन्छ ।

यो हप्ताको हरेक दिन केही न केही कुराको लागि निकै खास रहन्छ । भ्यालेन्टाईन वीकको सुरुवात भईसकेको छ । यस अन्तर्रगत आज रोज डे रहेको छ ।

फेब्रुअरी ७ मा: गुलाफ दिन (रोज डे)

फेब्रुअरी ७ तारिख अर्थात आजको दिनलाई रोज डे को रुपमा मनाइन्छ । रोज डे को दिन आफूलाई मन परेको मान्छेलाई गुलाबको फुल दिएर आफ्ना मनको सबै कुराहरु भन्ने दिनको रुपामा लिईन्छ ।

फेब्रुअरी ८ मा: प्रस्ताव दिन (प्रपोज डे)

जो व्यक्तिलाई रोज डे को दिन रोज दिइन्छ उसलाई प्रपोज डे को दिन आफ्ना मनका भावनाहरु व्यक्त गर्ने दिनको रुपमा यसलाई लिइन्छ । जसलाई तपाईं मन पराउनुहुन्छ उसलाई आफ्नो मनको कुरा भन्नको लागि डराउनु हुँदैन् । सालिनता र बिनम्रताको साथ आफ्नो मनको कुरा भन्नुपर्छ ।

फेब्रुअरी ९ मा: चकलेट डे

गुलाब पनि दिनुभयो, प्रपोज पनि गर्नुभयो, अबको पालो मुख मिठो बनाउने अर्थात फेब्रुअरी ९ तारिखमा चकलेट डे । यसको लागि नै चकलेट डे मनाइन्छ । त्यसकारण आफ्नो पार्टनरलाई मनपर्ने चकलेट खुवाउनुहोस् ।

फेब्रुअरी १० मा: टेडी डे

माया गाढा बन्दै जादाँ यस्तो सम्बन्धलाई झनै कडा र गाढा बनाउनको लागि टेडी डे मनाइन्छ । त्यसकारण टेडी डे मा आफ्नो पार्टनरलाई मनपर्ने बस्तु उपहार दिनुपर्छ ।

फेब्रुअरी ११ मा: वाचा दिन (प्रमिस डे)

प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपुर्ण मानिन्छ । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपुर्ण हुन्छ । यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरेभन्दा धेरै विश्वासिलो बनाउनको लागि संगै बाच्ने संगै मर्ने जस्ता कसमहरु खाने गरिन्छ ।

फेब्रुअरी १२ मा: अंकमाल दिन (हग हे)

जब माया बढ्दै जान्छ, अब मायाको महशुस हुदै जान्छ । सबै कुरा राम्रो लाग्दै जान्छ, यो नै प्रेमको शक्ति हो । यही अवस्थामा प्रेमिल जोडीले एक आपसमा अङ्कमाल गरेर हग डे मनाइने गरिन्छ ।

फेब्रुअरी १३ मा: चुम्बन दिन (किस डे)

जब एक अर्कामा पूर्ण रुपमा विश्वास हुन्छ, यस्तो अवस्थामा आफ्नो मायालाई प्रस्तुत गर्नको लागि एक आपसमा चुम्मन गरेर यो दिन मनाईने गरिन्छ ।

फेब्रुअरी १४ मा : प्रेम प्रणय दिन (भ्यालेन्टाइन डे)

प्रेमको विभिन्न चरणहरु पार गर्दै जादाँ जीवनमा विभिन्न प्रकारका परिवर्तन हुँदै जान्छ । नकारात्मक भापनाहरु टाढा हुँदै जान्छन् । प्रेमको शक्ति नै यही हो । त्यसकारण यी विभिन्न चरणहरु पार गर्दै आएको भ्यालेन्टाईन डे लाई निकै यादगार बनाईन्छ ।

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पश्चिमा देशहरुमा धुमधामसँग मनाईने भ्यालेन्टाईन डे लाई नेपालमा पनि युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here