उपत्यकाको बर्डफ्लू देखिएका तीनवटै फार्मका नष्ट गरियो कुखुरा र अण्डा

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, रामकोट र तारकेश्वर नगरपालिकाका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण देखिएको छ ।

पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा वर्डफ्लू पुष्टी भएको थियो। ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको छ।

तीनवटै फार्मका कुखुरा, अण्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनिकरण गरिएको छ। जसअनुसार लितपुरको खुमलटारमा दुई हजार ५३० वटा अण्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा चार हजार ५९१ वटा कुखुरा र दुई हजार २५५ वटा अण्डा नष्ट गरिएको छ।

उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना सय केजी र हजार वटा क्रेट नष्ट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here