मैतीदेवी प्रहरी विटमा महानगरपालिकाले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण गरिएको प्रहरीको विटमा डोजर चलाएको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए । नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here