रविलाई निकिताको सुझाव-‘मेरो मान्छे आफैँलाई दुखेर करायौं,आमसञ्चारले के भन्छ छोडिदेउ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत सुझाव दिएकी छिन् । फेसबुकमा दुई तस्बिरसहित स्टाटस लेख्दै निकिताले भनेकी छिन् ।

‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ, निकिताले लेखेकी छिन्– ‘आम मान्छेको मनमा छौ तिमी । हिजो तिमी जनतालाई दुख्दा कराउँथ्यौ, यसपटक आफैँलाई दुखेर कराएको हौ ।’ ‘मलाई यस्तै हिम्मतिलो तिमी मनपर्छ । निडर, निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने, निकिताले भनेकी छिन् – ‘भगवानले सधैँ तिम्रो रक्षा गर्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here