रविविरुद्धको जाहेरी नलिएको भन्दै सरकारी वकिल कार्यालयमा निवेदन

काठमाडौं । युवराज पौडेल(सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन् ।

उनले माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि पर्याप्त प्रमाण हुँदाहुँदै जाहेरी दर्ता नभएको निवेदनमा उल्लेख गरेका छन्। अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।