एजेन्सी । भूकम्पमा टर्कीको राष्ट्रिय फुटबल टिमका गोलकिपर अहमद इयुप तुर्कस्लानको मृत्यु भएको छ। २८ वर्षीय तुर्कस्लान टर्किस सुपर लिगमा येनी मालत्यास्पोर क्लबबाट खेल्दै आएका थिए। उनले यस क्लबसँग एक वर्षको सम्झौता गरेका थिए।
बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन्।
भूकम्प जाने क्रम अझै पनि जारी छ। भग्नावशेषबाट धेरै मानिसले आफूलाई बचाउनका लागि कराइरहेको बीबीसीले जनाएको छ।



























