काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना,एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको कुखुरा बोक्ने जीप ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको आज बिहान साढे तीन बजे मृत्यु भएको हो। पछाडी सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here