रास्वपाले साथ छोडेपछि अलमलिएका ‘प्रचण्ड’ ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली बालकोट पुगेका छन् ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा शंका बढ्दै गएको बेला प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन ।

बिहानको घाममा बालकोटको कौसीमा बसेर कुराकानी गरिएको फोटो सार्वजनिक भएको छ । सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर निष्कर्ष भने निस्कन सकेको छैन ।

ओली फेरि पनि रास्वपालाई सरकारमा लैजानमा छन् भने प्रचण्ड रास्वपालाई छाडेर जसपा र नेकपा एसलाई सरकारमा भित्र्याउने कसरतमा छन् ।

अर्कातर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेतर्फ प्रचण्ड लागेका छन् भने ओली आफ्नो भागमा परेको राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्नेमा छन् ।

आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । राष्ट्रपति निवासमा प्रधानमन्त्रीको दावी पेश गर्नुअघि ओली निवास बालकोटमा यस्तो सहमति भएको हो ।

तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here