माछापुच्छ्रे,सानिमासहित ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । कारबाही गरेका बैंकमध्ये ४ वटालाई नगद जरिवाना गराएको छ । केही बैंक भने कारबाहीमा दोहोरिएका छन् ।

केन्द्रीय बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकहरुले सम्पति शुद्धिकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।

प्रभु बैंकलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको छ । यता, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

माछापुच्छ्रेले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै नबिल बैंकलाई नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १९/०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था), बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७ ( फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here