गगनको टिप्पणी-‘रास्वपालाई प्रश्न सोध्नै नमिल्ने हो’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रश्न गर्न नमिल्ने हो भन्दै प्रश्न गरेका छन् ।

लोकतन्त्र संवाद केन्द्रद्वारा आयोजित विचार गोष्ठीमा थापाले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टी गर्न नसकेको बताए ।

‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो रु’ उनले प्रश्न गरे । रास्वपा सभापतिले पत्रकार सम्मेलन गर्दै पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै थापाले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here