एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, ओरालो लाग्यो शेयर बजार

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेको छ ।

मंगलवार दिन शेयर बजार मापक सूचक नेप्से ७६.६४ अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको १ करोड, ५ लाख २ हजार ६४९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वट उपसमूहमध्ये अन्य र व्यापार बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर १० करोड र ङादी ग्रुप पावर झन्डै ९ करोड रुपैयाँको कारोबार हुँदै शीर्ष तीनमा रहे । घट्दो बजारमा आज आदर्श लघुवित्तका शेयरधनीले सबैभ्न्दा धेरै ५.१४ प्रतिशत गुमाएका छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here