कीर्तिमानी विजेता पीएसजी फ्रेन्च कपबाट बाहिरियो

एजेन्सी । कीर्तिमानी पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। १४ पटकको च्याम्पियन पिएसजीले अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित हुँदै बाहिरिएको हो।

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। मेसी र नेइमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजी स्तब्ध बन्यो।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ। अब यी दुईबीच लिग वानमा आगामी २६ फेब्रुअरीमा पुन: भेट हुने छ। मार्सेलीले १९८८-८९ पछि फ्रेन्च कप जित्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here