सुपर माइ हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २३ देखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४ करोड १५ लाख रुपैयाँ बराबरको ४ लाख १५ हजार कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र इलामा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहकि लगानी कोषलाई आइपीओ विक्री गरिसकेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here