दोधाराचाँदनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पप्पु गुरुङ्ग

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु गरिएको छ । बिहीबारदेखि दोधाराचाँदनीमा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु गरिएको हो । साविक चाँदनी गाविसको प्राङगणमा नगरस्तरिय खेलाडी छनौट प्रतियोगिता संचालन गरिएको छ ।

दोधाराचाँदनी नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आथित्यमा शुरु भएको छ । प्रमुख अतिथि नगर प्रमुख लिम्बुले प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्न आब्हान गरेका छन ।

बिशिष्ठ अथिति दोधाराचाँदनी नगर उपप्रमुख गंगा जोशी रहेकी छिन । नगर खेलकुद समितिका अध्यक्ष हर्क ब. थतापाको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको बताईन । छनौट प्रतियोगिता ३दिनसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here