साफ च्याम्पिनयसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपको फुटबलमा उपाधि जित्ने मौकाबाट नेपाली महिला टोली फेरि चुकेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथी इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको बिजेता बन्न सफल भयो । भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here